लेक लागेर मुस्ताङमा भारतीय महिलाको मृत्यु ।

सुन्दरकुमार थकाली
जोमसोम ।
मुस्ताङमा भारतीय महिला एक महिला पर्यटकको लेक लागेर मृत्यु भएको छ । भारतको भवानी नगर काप्रा सेकुन्दरावाद हैदरा्वादीकी ६१ वर्षीया भारतीय महिला रुपा थाङ्लाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
भारतदेखि मुक्तिनाथ दर्शनका लागि २२ जना भारतीय दर्शनार्थी टोली बिहीबार बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेको थियो । टोली शुक्रबार बिहान जोमसोमबाट मुुक्तिनाथ जाने मृत्यु भएकी महिला क्रममा रानीपौवा बसपार्कमा लेंक लागेर बेहोस भएकी ढलेकी थिइन् । उनलाई उपचारका लागि जोमसोम अस्पताल ल्याउँदा पुर्याउँदा भारती महिला रुपा थोङ्लाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु भएकी महिला हाईअल्टिच्युडका कारण श्वाशप्रश्वासमा समस्या हुँदा मृत्यु भएको हो ।
लेक लागेर मृत्यु भएकी भारतीय महिलाको शव प्रहरीले आफन्तको जिम्मा लगाईसकेको प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए । प्रहरीका अनुसार मुक्तिनाथ दर्शनका लागि २२ जनाको टोलीसंगै लेंक लागेर मृत्यु भएकी महिलाकी श्रीमान पनि सँग थिए । तर, श्रीमानलाई जोमसोम आइपुग्दा नै हाइअल्टिच्युडका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि जोमसोमबाट हवाई सेवा मार्फत पोखरा उद्धार गरिएको थियो ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया