तनहुँ १ को उपनिर्वाचनमा एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने
समाधान संवाददाता
२०७९ चैत १८ गते १६:०८

पोखरा ।
तनहुँ १ मा हुने उपनिर्वाचनमा एमाले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले तनहुँ १ को उपनिर्वाचनमा खनाललाई उम्मेदवार बनाउने निर्णय गरृको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
तनहुँबाट उम्मेदवार बन्न लागेका खनाल पूर्वप्रहरी महानिरीक्षक हुन् । यसअघिका उम्मेदवार एकबहादुर गुरुङ र तनहुँका सिनियर नेता किरण गुरुङले उपचुनावमा नउठ्ने भनेपछि खनालले उम्मेदवार हुनका लागि एमाले तनहुँ जिल्ला कमिटीमा निवेदन दिएका थिए । खनाल गत मंसिरको चुनावमा काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।
सम्बन्धित








मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया