धौलागिरीको स्ववियुमा नेविसंघका कँडेल सर्वसम्मत

समाधान संवाददाता २०७९ चैत १८ गते १७:२६

बागलुङ ।
धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा विद्यार्थी संगठनहरुको संयुक्त बैठकले सबै संगठनहरुको सहभागिता हुने गरी पदाधिकारी र सदस्य चयन गरेको छ । सभापतिमा नेविसंघका सुदीपसागर कँडेल सर्वसम्मत चयन भएका छन् ।


उपाध्यक्ष नेविसंघकै दीपक सुवेदी र सचिवमा अनेरास्ववियुका अनिल शर्मा चयन भए । सह–सचिव अनेरास्ववियु (क्रान्तिकारी) का खिमानान्द कँडेल र कोषध्यक्ष नेविसंका सृष्टि आचार्य चुनिइन् ।


सदस्यहरुमा कृष्णबहादुर अठारे, सुनील गौतम, विशाल थापा, मनोज पौडेल, गणेशप्रसाद आचार्य, सचिन हरिजन, नगेन्द्र थापा, सुनिल पौडेल, अस्मिन शेख, रुपादेवी रोका रेखा शर्मा, तस्लिमा मियाँ, दिवस खड्का र सुदन बिक चयन भएको निर्वाचन अधिकृत गोविन्द गौतमले जनाएका छन् ।

Advertisement

यसअघि विद्यार्थी संगठनहरुका बीच विवाद हुँदा चैत ५ गते निर्वाचन हुन सकेको थिएन ।

Advertisement

तपाईको प्रतिक्रिया