पञ्चासे ट्रेल रेसको उपाधि अर्जुन र प्रियालाई

समाधान संवाददाता २०७९ चैत १८ गते २०:३४


पोखरा ।
कोभिडले रोकिएको तीन वर्षपछि शनिबार पोखरामा आयोजित छैटौं संस्करण ‘पञ्चासे ट्रेल रेस’ को उपाधि पुरुषतर्फ सोलुखुम्बुका अर्जुन कुलुङ राईले जितेका छन् । महिला तर्फको उपाधि भने खोटाङकी प्रिया राईले जित्न सफल भइन् ।

‘पोखरा ट्रेल रेस सिरिज’ रनिङ क्लबको आयोजनामा भएको ५५ किलोमिटरको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट सुरु भई पञ्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन भएको थियो । ५५ किलोमिटरको गोरेटो दौडसँगै ७ किलोमिटरको ‘फन रेस’ समेत आयोजना गरिएको थियो ।


५५ किलोमिटरको दौड कुलुङ राईले ६ घण्टा ६ मिनेटमा पुरा गर्दै उपाधि जित्न सफल भए । उनले नगद ३० हजार रुपैयाँ प्राप्त गरे । गोरखाका धावक निरोज भट्ट क्षत्री उपविजेता बने ।

Advertisement

उनले ६ घण्टा २० मिनेटमा पुरा गरेका थिए । क्षत्रीले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । काठमाडौंका रेवतबहादुर दाहालले तेस्रो स्थानमा रहँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । दाहालले दुरीलाई ६ घण्टा ५२ मिनेटमा पुरा गरेका थिए । महिलातर्फको प्रतिस्पर्धामा खोटाङकी प्रिया राईले ७ घण्टा २५ मिनेटमा पुरा गर्दै उपाधिसहित नगद ३० हजार रुपैयाँ प्राप्त गरिन् ।


एक मिलिसेकेन्डले पछि पार्दै धादिङकी रशिला तामाङ दोस्रो बनिन् । उनले दुरीलाई ७ घण्टा ५९.५७ मिनेटमा पूरा गरिन् । उनले नगद १५ हजार प्राप्त गर्दा सोलुखुम्बुकी अनीता राई ७ घण्टा ५९.५८ मिनेटले तेस्रोस्थानमा रहिन् । उनले नगद ५ हजार रुपैयाँमा चित्त बुझाइन् ।

Advertisement


‘पञ्चासे ट्रेल रेस’मा ३६ जना धावकले प्रतिस्पर्धा गरेका थिए । पुरुष तर्फ ३१ जना थिए । महिला तर्फ ५ जनाको सहभागिता रहेको पोखरा टे«ल रेस सिरिज रनिङ क्लबका अध्यक्ष विकास गुरुङले जानकारी दिए । उनले प्रतिस्पर्धामा ३ जना विदेशी धावकको समेत सहभागिता रहेको थियो । ५५ किलोमिटर दौडसँगै क्लबले ७ किलोमिटरको फन रेससमेत आयोजना गरेको थियो । कार्यक्रममा गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेका अमृत बस्नेतलाई १० हजार रूपैयाँ नगदसहित सम्मानसमेत गरिएको थियो ।

तस्बिर: नवीन थापा

तपाईको प्रतिक्रिया