अटिजम दिवस मनाइयो

समाधान संवाददाता २०७९ चैत १९ गते १०:३४

पोखरा ।
पोखरामा विविध कार्यक्रम गरी शनिबार विश्व अटिजम दिवस मनाइएको छ । रोट र्‍याक्ट क्लब अफ मणिपाल मेडिकल साइन्स र अटिजम केयर सोसाइटी गण्डकीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

Advertisement

कार्यक्रमअघि नदीपुरदेखि चिप्लेढुंगासम्म र्‍याली निकालिएको थियो । र्‍यालीका सहभागीले अटिजमबारे जनचेतना जगाउने विभिन्न खालका प्लेकार्ड बोकेका थिए । र्‍यालीपछि भएको कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीले जनचेतनात्मक अटिजमसम्बन्धी नाटक प्रस्तुत गरेका थिए ।

मानव झा, राज बसेल, सुमित्रा पाठक लगायतले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए । अटिजम केयर सोसाइटी गण्डकी अध्यक्ष मुकुन्द लम्साल र प्रतीक गुरुङले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया