रेडियो अन्नपूर्णको रक्तदान

समाधान संवाददाता २०७९ चैत १९ गते १०:४३

पोखरा ।
रेडियो अन्नपूर्णले शनिबार पोखरामा आयोजना गरेको २१ औं रक्तदानमा १ सय १० युनिट रगत संकलन भएको छ । नयाँ रक्तदालाई रक्तदानप्रति आकर्षित गर्ने उद्देश्यले आयोजित रक्तदानमा ९४ जना पुरुष र १६ जना महिला गरी १ सय १० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्ण सुवेदीले बताए ।

Advertisement

तीमध्ये ३० नयाँ रक्तदाता छन् । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले पहिलो रक्तदाता प्रादेशिक रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा अध्यक्ष प्रजापतीले रेडियोले आफ्नो स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानको आयोजना गरी महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले रक्तदान गर्नुपर्छ भन्ने आम जनमानसमा जनचेतना फैलाउने काम रेडियोले गरेको बताए । रेडियोका निर्देशक विजेश पाखिलेले सहयोगी संघ, संस्था तथा रक्तदाताप्रति धन्यवाद व्यक्त गरे ।

स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले रक्तदानप्रति मानिसको भावनामा परिवर्तन ल्याउन स्थापनाकालदेखि नै रेडियोले रक्तदान गर्दै आइरहेको र यो अभियानकै रुपमा रहेको बताए ।

Advertisement

कोशिस नेपालका परियोजना संयोजक सुदीप घिमिरेले पछिल्लो समयमा आत्महत्यको दर बढ्दै गएकाले न्यूनीकरणका लागि रेडियोसँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम गर्दै आएको जनाए । रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया