५/३ जिआर (शिंगो) भूपू सैनिक पोखरालाई भलिबल उपाधि

पोखरा ।
अन्तर बटालियन भूतपूर्व भलिबल च्याम्पियनसिपको उपाधि ५/३ जिआर (शिंगो) भूपू सैनिक पोखराले जितेको छ । भारतीय दूतावास, भारतीय पेन्सन क्याम्प रामबजार पोखराको आयोजनामा भएको प्रतियोगितामा शनिबार ३/९ जिआरलाई २५–२३, २३–२५, २५–१८ र २५–१९ को सेटमा पराजित गर्दै उसले उपाधि जितेको हो ।
५/३ जिआर (शिंगो) ले नगद ४० हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । ३/९ जीआर दोस्रो हुँदै नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । विजयी टिमलाई कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्नेल प्रशान्तसिंह बघेलले पुरस्कार वितरण गरे ।
प्रतियोगितामा १६ टिम सहभागी थिए । प्रयोगिताको प्रथम पुरस्कार नेपाल एसबिआई बैंक तथा दोस्रो पुरस्कार एभरेस्ट बैंकले प्रायोजन गरेको थियो ।
प्रतियोगितामा आफ्नो टोलीलाई हौसला प्रदान गर्न प्रथम हुन सफल ५/३ जिआर (शिंगो) भूपू सैनिकका परिवारहरुसमेत उपस्थित थिए ।
तपाईको प्रतिक्रिया