स्याङ्जामा पोस्सोनको शाखा

पोखरा ।
पोलिटिकल साइन्स सोसाइटी नेपाल(पोस्सोन)ले शनिबार पारसमणि पाण्डेको अध्यक्षतामा स्याङ्जा शाखा गठन गरेको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा बाबुराम सिग्देल, सचिव शिव ढकाल, कोषाध्यक्ष भवानी भट्टराई र सहसचिवमा विष्णु चापागाई छन् ।
कमिटीका सदस्यमा ओमप्रकाश शर्मा, शंकर लामिछाने, कृष्णप्रसाद लामिछाने, युवराज ढकाल, कृष्ण गोदार र मनोज मल्ल छन् । कार्यक्रममा गण्डकी प्रदेश सभा सांसद कल्पना तिवारीले नागरिकको अधिकार सुनिश्चितताका लागि आफू प्रतिवद्ध भएको बताइन् ।
राजनीतिमा अपराधिकरण, भ्रष्टाचार, दलालीकरण हावी भएको जनाउँदै अब शुद्धताका लागि पोस्सोनले राम्रो भूमिका निर्वाह गर्ने अपेक्षा गरिन् ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका सह–प्राध्यापक भीमनाथ बरालले साना राज्यको विदेश नीतिको प्रमुख उद्देश्य अस्तित्वको लडाईं भएको बताए ।
उनले विदेश नीति असंलग्नता, पन्चशीलको सिद्धान्त, संयुक्त राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय कानुनमा आधारित हुनुपर्ने विचार राखे । पोस्सोनको गठन, उद्देश्य र गतिविधिका बारेमा पोस्सोनका केन्द्रीय उपाध्यक्ष डा सञ्जय कोइरालाले प्रकाश पारे ।
पोस्सोन केन्द्रीय अध्यक्ष सुभाष ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पोस्सोनका सल्लाहकार वरिष्ठ अधिवक्ता माधवराज बस्तोला, अधिवक्ता पारसमणि पाण्डेय, पोस्सोन महासचिव मिलन आले लगायतले बोलेका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया