बेलघारीमा शिविर

पोखरा ।
पोखरा १७ बेलघारीमा शनिबार २ सय १५ स्थानीयको सित्तैमा रगत जाँच गरिएको छ । बेलघारी टोल विकास संस्थाको आयोजनामा भएको शिविरमा सहभागीको मधुमेह र मृगौलासम्बन्धी रगत जाँच सित्तैमा गरिएको हो ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्रविधिक सहयोगमा भएको कार्यक्रमका लागि नारी उत्थान दिदीबहिनी समूह र बेलघारी युवा क्लबले समेत सहकार्य गरेका थिए । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानाका वरिष्ठ फिजिसियन डा सुरज लामिछानेले मधुमेह र मृगौला रोगका कारण, उपचार र भ्रमबारे प्रकाश पारे ।
डा लामिछानेले रोग नलाग्दै सजग हुन र लागिहाले विशेषज्ञको सल्लाहका उपचार गर्न आग्रह गरे । उनले भने, ‘सुगर, प्रेसर, मृगौलाका रोगहरु अरु धेरै रोगका कारण हुन् । हेलचेक्रयाइँ गर्दा ठूलै क्षति भोग्नुपर्ने हुन सक्छ ।’
युआरएका अध्यक्ष ठाकुरप्रसाद पन्तले स्वास्थ्य प्रयोगशालाको अत्याधुनिक सेवासँगै समुदायसम्म पुगेर सामाजिक उत्तरदायित्व वहन युआरएलको परिचय भएको जनाए । उनले भने, ‘पोखरासहित गण्डकीका मुख्य बजारसम्म सेवा विस्तार गर्दै छौं । रक्त परीक्षणकै लागि समय, श्रम र हैरानी व्यहोरेर काठमाडौं जानुपर्ने वाध्यता हट्दै छ ।’
बेलघारी टोल विकास संस्थाका अध्यक्ष सरिता घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा युआरएलका सेयरधनी मणि न्यौपाने, नारी उत्थान दिदीबहिनी समूहकी अध्यक्ष जानुका पौडेल, बेलघारी टोल विकास संस्थाका सल्लाहकार अधिवक्ता सुकदेव गौतम लगायतले बोलेका थिए ।
शिविरमा अरु सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट दिइएको थियो ।








खौलालाँकुरी पोखरा सम्पर्क समाजको नेतृत्वमा लालप्रसाद शर्मा
विधान महाधिवेशनको निर्णय उल्टियो : एमालेमा पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढ्यो, ईश्वर पोखरेलको असन्तुष्टि
ग्रासरुट टेनिसलाई सिद्धार्थ बैंकको सहयोग
रोटरी क्लब लेखनाथद्वारा विद्यालयलाई शुद्ध खानेपानी उपकरण सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया