वडाध्यक्षद्वय शिव र देवकृष्ण सम्मानित

समाधान संवाददाता २०७९ चैत १९ गते ११:४९

पोखरा ।
पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिना र पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली एकै मञ्चमा सम्मानित भएका छन् ।

सराङकोट स्थित सौरेखोला चौरपाखा मोटरबाटो निर्माण समितिले वडाध्यक्षद्वय तिमिल्सिना र पराजुलीलाई बाटो निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै दोसल्ला तथा सम्मानपत्रसहित सममान गरेको हो ।

शनिबार आयोजित बाटो स्तरोन्नतिको आय व्यय सार्वजनिक, सम्मान एवं छलफल कार्यक्रममा वडाध्यक्षद्वय सम्मानित भएका हुन् ।

Advertisement

पोखरा १८ का वडाध्यक्ष तिमिल्सिनाले ओझेलमा परेका सडकहको स्तरोन्नतिमा वडाको ध्यान गएको उल्लेख गर्दै आगामी ४ वर्षमा सडक स्तरोन्नतिमा छलाङ मार्ने बताए । उनले पोखरा हेर्नका लागि सराङकोट उक्लनुपर्ने स्पष्ट पार्दै चौर हुँदै मेथ्लाङ पर्यटन पदमार्ग निर्माण गर्न वडा सकारात्मक रहेको जनाए ।

पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले भौगोलिक विकटता भएका वडामा महानगरले प्राथमिकता दिनुपर्ने भन्दै विकास निरन्तर चल्ने प्रक्रिया भएको बताए ।

Advertisement

कार्यक्रममा पोखरा १८ का वडा सदस्यद्वय नमराज सुवेदी र कल्पना ढकाल क्षेत्री, बाटो निर्माण समितिका अध्यक्ष श्रीभद्र पौडेल, सचिव माया अधिकारी, सल्लाहकार टंकप्रसाद अधिकारी, अनुगमन समितिका सदस्य हरिश्चन्द्र अधिकारी, कोषाध्यक्ष ईन्द्रबहादुर केसी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया