सामुदायिक वन महासंघ रुपामा नयाँ समिति

समाधान संवाददाता २०७९ चैत १९ गते १२:३८

पोखरा ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रुपा गाउँपालिको दोश्रो अधिवेशनले तिलबहादुर खड्काको अध्यक्षतामा १४ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

उपाध्यक्षमा गोपिनाथ सुवेदी, सचिव देवी सुवेदी न्यौपाने, कोषाध्यक्ष वन्दना पोख्रेल, सदस्यमा प्रज्वल शर्मा, सोम सुनारी, वद्री ओझा, सृजना ओझा, पवित्रा पुरी, रामराज घिमिरे, राजमी दर्जी, मोनिमाया गुरुङ, पूर्णिमा गुरुङ र सीतादेवी पौडेल छन् ।

जिल्ला अधिवेशन प्रतिनिधि अप्सरा पगेनी, विमना खनाल, शिवदेवी भुजेल, आरती भुजेल, बुद्धिबहादुर घिमिरे, तीर्थराज पौडेल, प्रेमबहादुर गुरुङ र यदुराज सिं र प्रदेश प्रतिनिधिमा पवित्रा गौली, सरिता कुमाल, विन्दु मल्ल, देवी खड्का, कालिदास सुवेदी, लालबहादुर विक, अमृत बहादुर आचार्य र सवावक्स मियाँ छानिए ।

Advertisement

गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवं रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अधिवेशनको उद्घाटन गर्दै वनको संरक्षण, प्रवद्र्धन र उपयोग गर्दै आएका सामुदायिक वन समूह स्थानीय तहमा आवद्ध हुने नीति आवश्यक रहेको बताए ।

गाउँपालिकाले वन समूहलाई गरेको आर्थिक सहयोग कार्ययोजनाको कारण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै उनले प्राकृतिक श्रोतको व्यवस्थापन स्थानीय तहबाटै गरिनुपर्ने आवश्यकता औंल्याए ।

Advertisement

बाँदर आतंकले खेती नोक्नासमात्र होइन, बस्ती नै खाली हुने अवस्थामा पुगेको उनको भनाइ छ । ओझाले भने, ‘इकोस्टिमलाई आवश्यकभन्दा बढी वन्यजन्तुको उपयुक्त व्यवस्थापन गर्नुको विकल्प छैन ।’

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले महिला नेतृत्व विकासमा वन समुहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन् । महासंघ केन्द्रीय सदस्य हरि बास्तोलाले काठको विकल्प खोज्नेतर्फ वन समूहको ध्यान जानुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले मुलुकलाई विश्वसामु परिचित गराउन सफल सामुदायिक वनको माध्यमवाट हरित रोजगार सिर्जना गर्दै समृद्धिको अभियानमा जोडिनुपर्ने आवश्यकता औंल्याए ।

महासंघका रुपमा गाउँपालिका अध्यक्ष बुद्धिबहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, रुपमा ७ का वडाध्यक्ष कृष्ण सुवेदी, गाउँ महासंघ सदस्य विमला खनाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया