
गलेश्वर ।
म्याग्दीको मंगला गाउँपालिका २ बाबियाचौरमा २१ लाखमा कर्भड हल निर्माण भएको छ । ब्याटमिन्टनसहित मार्सल आर्टका खेलसमेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरे ।
गाउँपालिकाको ११ लाख, पूर्वाधार कार्यालयको ५ लाख र २ को वडा कार्यालयबाट ५लाख गरी २१ लाखको आर्थिक सहयोगमा उक्त कर्भड हल निर्माण भएको हो ।
गाउँपालिका अध्यक्ष रोकाले समुदायमा आवश्यक सबै पूर्वाधारमा पालिकाको बजेटबाट मात्रै सम्भव नभएकाले अन्य सरकारी निकाय, प्रदेश र संघीय सरकारबाट समेत बजेटको आवश्यकता रहेको बताए ।
कर्भड हल बाहिर पार्किङ, व्यवस्थित शौचालयसहितको संरचनाका लागि समेत मंगला युथ क्लबले बजेट माग गरेको छ । कर्भड हललाई आवश्यकताअनुसार संरचना थप गरिने जनाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया