उद्घोषण तथा नेतृत्व विकास तालिम

समाधान संवाददाता २०७९ चैत १९ गते १३:३९

जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ फल्याकमा ४ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम आयोजना भएको छ ।

Advertisement

गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले महिलाको सशक्तीरण लागि तालिम आयोजना गरेको हो ।

गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले महिलालाई अगाडी बढाउन तालिम निकै प्रभावकारी उनले विश्वास व्यक्त गरे ।

उनले तालिमबाट महिलामा आत्मविश्वास बढ्ने अपेक्षा सुनाए ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले मुस्ताङका महिलाले घरको चुलोचौकासँगै तालिममा सहभागी भएकोमा खुसी लागेको जनाए ।

Advertisement

सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेको तालिममा वडा नं ५ अन्तर्गत फल्याक र ढाकरझोङका ३० महिला सहभागी भएका थिए ।

गाउँपालिकाकी उपाध्यक्ष दिकी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष सुरेन्द्र गुरुङ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख ललिता पौडेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया