पोखराको समृद्धिबारे बहस

पोखरा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीको आयोजनामा पोखराको समृद्धि र पत्रकारको भूमिकामाथि छलफल भएको छ । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराको समृद्धि र यहाँको पर्यटन क्षेत्रको प्रचारप्रसारमा पत्रकारको अहमं भूमिका रहने बताए ।
कोरोनाले सुस्ताएको पर्यटक चलायमान बनाउन आम सञ्चारको ठूलो जिम्मेवारी रहेको उनको भनाइ छ । पोखराको समृद्धिको मुख्य स्रोत पर्यटन भएकाले संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने उनले जनाए । पोखरामा भएका पर्यटनको सम्भावनालाई उजागर गर्न र पर्यटन प्रवद्र्धन गर्न महानगर सधैं तयार रहेको उनले बताए ।
फोनिजका संघीय सल्लाहकार हुमबहादुर गुरुङले पोखराको समृद्धिमा पत्रकारले सधैं साथ दिने बताए । विशेषगरी समुदायगत पत्रकारको क्षमता अभिवृद्धिका लागि पोखरा महानगरले योजना बनाउनुपर्ने उनको धारणा छ । फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीषमगरले पोखरा महानगरसँग सहकार्य गर्दै आदिवासी जनजातिको उत्थानका लागि उत्कृष्ट कार्यक्रम गर्न तयार रहेको जनाए ।







भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया