गण्डकी अटोमेकानिकल्सको भित्तेपात्रो

समाधान संवाददाता २०७९ चैत १९ गते १३:५०

पोखरा ।
गण्डकी अटोमेकानिकल्स एसोसिएसनले २०८० सालको भित्तपात्रो प्रकाशन गरेको छ । पोखरा १६ का वडाध्यक्ष तथा यातायात व्यवस्था संयोजक अमृत शर्माले भित्तेपात्रो सार्वजनिक गरे ।

उनले महानगरलाई राम्रो बनाउन र यातायातसँग सम्बन्धित व्यवसायीलाई व्यवस्थापन गर्न अटो ल्यान्ड आवश्यक रहेको औंल्याए । गण्डकी मेडिकल कलेजका प्राडा रवीन्द्रप्रसाद श्रेष्ठले एसोसिएसनमा आवद्ध सदस्यका लागि उपचारका छुट कार्ड दिन सुरुआत गरे ।

सांस्थाका अध्यक्ष सन्तोषकुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ५ का पूर्वअध्यक्ष धनबहादुर नेपाली, अटो व्यवसायी महासंघका उपाध्यक्ष कुलबहादुर नेपाली, संस्थाका प्रेस सल्लाहकार कृष्णबहादुर थापा, वरिष्ठ उपाध्यक्ष योगेन्द्रराज भण्डारी, महासचिव विष्णुप्रसाद सुवेदी, क्यालेन्डर प्रकाशन संयोजक नवराज सुनार लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया