जातीय विभेदमा संलग्नलाई कारवाही गर्न सांसद नेपालीकाे माग

समाधान संवाददाता २०७९ चैत १९ गते १६:१७

पोखरा ।
माछापुच्छ्रे गाउँपालिकामा भएको जातीय छुवाछूतको घटनामा संलग्नलाई कारवाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)का सांसद शिव नेपालीले माग गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले कारबाहिको माग गरेका हुन् ।

सांसद नेपालीले कास्कीमा गत फागुन २५ गते दलितले छोएको भन्दै भतेर घोप्ट्याइएको र उक्त घटनामा वडासदस्य रामजी लामिछाने र स्थानीय सरतिा लामिछानेमाथि कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

उनले फरार रहेका दुवै जनालाई पक्राउ गरेर कानूनी कटघरामा ल्याउन माग गरेका हुन् । २१ औं शताब्दीमा पनि यस्तो छुवाछुतजन्य कार्य हुनु निन्दनीय कार्य भएको उनको भनाई छ । देशमा लोकतान्त्रिक गणतन्त्र आए पनि दलित समुदायलाई लोकतान्त्रिक गणतन्त्रले नछोएको नेपालीको टिप्पणी छ ।

Advertisement

‘माननीय सभामुख महोदय, दलितले छोएको भन्दै भतेर घोप्ट्याइएको भन्ने शिर्षकमा समाचार आएको छ कास्कीमा । कास्की जस्तो शिक्षित सहरमा दलितले छोएको भन्दै भतेर घोप्ट्याइएको छ,’ उनले भने ।

‘गणतन्त्र आयो, लोकतन्त्र आयो भनेर भाषणमा मात्रै भनेका छौं । सम्बन्धित यो समुदाय दलित) लाई कहिले पनि यो गणतन्त्र र लोकतन्त्रले छोएको छ जस्तो लाग्दैन । त्यसै कारणले गर्दा फरार रहेका व्यक्ति वडासदस्य रामजी लामिछाने र स्थानीय सरिता लामिछानेलाई कडा भन्दा कडा कारबाही गरियोस् ।’

Advertisement

तपाईको प्रतिक्रिया