माछापुच्छ्रे टोल विकासको अध्यक्षमा गुरुङ, चौतारी आमा समुहको अध्यक्षमा थापा

समाधान संवाददाता २०७९ चैत १९ गते १६:३०

पोखरा ।
माछापुच्छ्रे मार्ग ’क’ टोल विकास संस्थाको साधारण सभा एवम पाचाैं अधिवेशन, तथा माछापुच्छ्रे मार्ग क चौतारी आमा समुहको ८ औं साधारण सभा एवम तेस्रो अधिवेशन भएको छ ।

अधिवेशनले टोल विकास संस्थाको अध्यक्षमा तुलबहादुर गुरुङ, उपाध्यक्षमा डुलबहादुर गुरुङ, सचिवमा वासुदेव अधिकारी, सहसचिवमा विष्णु मकाजु, कोषाध्यक्षमा सनिसरा गुरुङलाई चुनेको छ ।

सदस्यमा राधिका विक, घनश्याम मल्ल, ताराबहादुर थापा, रालकुमार भुजेल, र किशोर गुरुङ छानिएका छन् ।

Advertisement

त्यस्तै आमा समुहको अध्यक्षमा मनु थापाको नेतृत्वमा नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा कोपिला थापा, सचिवमा सीता आले, सहसचिवमा खोमाया गुरुङ, कोषाध्यक्षमा मधु मल्ल, सहकोषाध्यक्षमा बिमला पौडेल छन् ।

नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समिति संयोजक तारानाथ गाैतम ‘पाखे’ ले पद तथा गोपनियताको सपथ गराएकी थिइन् ।

Advertisement

कार्यक्रममा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, विद्यार्थीलाई खादा लगाई प्रमाण सहित सम्मान गरिएको थियो । साथै मृगौला पिडीत होमबहादुर गुरुङलाई ५ हजार सहयोग गरिएको थियो ।

पोखरा १५ का वडाध्यक्ष तोरण बानियाले टोल विकास संस्था, आमा समूह र स्थानीय सरकारको साझेदारीबाट समाजमा समृद्धि आउने बताए ।

कार्यक्रममा शशीलराज पराजुली, तारानाथ गाैतम ‘पाखे’, तुलबहादुर गुरुङ लगायतले बोलेका थिए । कार्यक्रमकाे अध्यक्षमा संस्थाका अध्यक्ष अर्जुनकुमार विक र मनु थापा थिए ।

तपाईको प्रतिक्रिया