सुरक्षा पालुवा सहकारीको सरसफाई

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३३ बाघमारामा रहेको सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्थाले सरसफाई कार्यक्रम गरेको छ । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारीले आइतबार सरसफाई तथा जनचेतना कार्यक्रम गरेको हो।
कार्यक्रममा बोल्दै समाजसेवी केशरप्रसाद निर्दोषिले सहकारीले पनि सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गर्दै आएको बताए । सहकारी समुदायमा आधारित भएर चल्ने भएकाले पनि समाजको आर्थिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा सहकारीहरुले काम गर्दै आएको उनको भनाई छ ।
सहकारीका कार्यकारी अधिकृत बिष्णुप्रसाद अधिकारीले सहकारीले विगत देखि नै सामाजिक कार्य तथा वातावरण क्षेत्रमा काम गर्दै आएको बताए । महानगरको पिछडिएको क्षेत्रको रुपमा चिनिने दक्षिणि क्षेत्रका सदस्यलाई आर्थिक रुपमा सवल बनाउने देखि विभिन्न समयमा आईपर्ने विपदको समयमा पनि सहकारीले सहयोग गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा सहकारीका सञ्चालक समिति, कर्मचारी, सदस्यहरु, कालिकास्थान बजार व्यवस्थापन समितिका प्रतिनिधी र स्थानीयहरुको सहभागिता थियो ।








सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया