संक्रामक अस्पतालमा शल्यक्रिया
समाधान संवाददाता
२०७९ चैत २० गते १०:२०

लेखनाथ ।
गण्डकी प्रदेश सरकार मातहत रहेको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा ३० मोहोरियामा पहिलो पटक हाइड्रोसिलको शल्यक्रिया गरिएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ का ६० वर्षीय पुरुषको आइतबार शल्यक्रिया भएको हो ।
हाइड्रोसिलको समस्याबाट पीडित ती पुरुषको शल्यक्रियाको माध्यमबाट उपचार गरिएको डा. सन्दीप ओझाले जानकारी दिए ।
हात्तीपाइले रोग पहिचान, रोकथाम नियन्त्रण तथा उपचार कार्यक्रम अन्तर्गत निशुल्क रुपमा शल्यक्रिया गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशकसमेत रहेका डा. विकास गौचन, डा. सन्दीप ओझा, नर्स नम्रता बाँस्तोला र सुनिता रेग्मीको टिमले शल्यक्रिया गरेको हो ।
शल्यक्रियापछि बिरामीको अवस्था सामान्य छ । उनलाई केही दिनको निगरानीपछि डिस्चार्ज गरिने अस्पताल स्रोतले जनाएको छ ।
सम्बन्धित









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया