कलाकार कल्याणकारी कोषमा पुरुषोत्तम

समाधान संवाददाता २०७९ चैत २० गते १०:३६

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अन्तर्गतको कलाकार कल्याणकारी कोषको अध्यक्षमा प्रतिष्ठानका पूर्व अध्यक्ष तथा संरक्षक पुरुषोत्तम न्यौपाने चयन भएका छन् । पोखरामा भएको प्रतिष्ठान नेपाल (कलाकार कल्याणकारी कोष)को विशेष बैठकले २०७९ देखि २०८२ का लागि न्यौपानेलाई अध्यक्ष चयन गरेको हो ।

Advertisement

यसअघि कोषका अध्यक्ष प्रजापति पराजुली थिए । कोषको उपाध्यक्ष चन्द्र शर्मा, सचिव हरि न्यौपाने र कोषाध्यक्ष पुरुषोत्तम थापा छन् । सदस्यमा रमेश बिजी, बद्री पंगेनी, तेजबहादुर केसी, कृष्णसुधा ढुंगाना, ईन्द्र जिसी, बद्री पराजुली, पार्वती जिसी, शर्मिला गुरुङ, तारापति सुवेदी, शिला आले, नवीन पौडेल, मीना बज्राचार्य र प्रेमप्रकाश मल्ल छन् ।

दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा संरक्षक दुर्गा रायमाझीको कार्यकाल ( २०६१–०६४)मा कलाकार कल्याणकारी कोष स्थापना भएको हो । ‘अहिलेसम्म कोषमा १ करोड ५० लाख रुपैयाँ जम्मा भएको छ,’ उनले भने, ‘सुरुवाती समयमा देशको अवस्था त्यति अनुकूल नभएकाले कोषमा धेरै रकम जम्मा गर्न सकिएन ।

सयौं सहयोगी तथा शुभचिन्तकको सद्भावले कोष खडा गर्न सफल भएका छौं ।’ उनले कलाकारलाई दुख अफ्टेरो पर्दा कोष मार्फत सहयोग गरिदै आएको जानकारी दिए ।

दोहोरी गीत प्रतिष्ठान नेपालले कलाकार कल्याणकारी कोष सञ्चालनको लागि नियमावली बनाएको छ । आपतविपद् पर्दा कोषमार्फत कलाकारलाई ५० हजारसम्म सहयोग गर्ने गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया