गण्डकी बोर्डिङ स्कुलका कैलासलाई अमेरिकाको छात्रवृत्ति

समाधान संवाददाता २०७९ चैत २० गते १०:५१

पोखरा ।
गण्डकी प्रदेशको प्रतिष्ठित स्कुल गण्डकी बोर्डिङ स्कुल लामाचौरका विद्यार्थी कैलास परियारले अमेरिकाको एक प्रख्यात सोका युनिभरसिटीमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाउन सफल भएका छन् ।

Advertisement

स्कुलका प्राचार्य वीरेन्द्र खड्काले कैलासको अध्ययन सफलताको कामना गर्दै अमेरिकाको प्रख्यात लिवरल आर्टस् कलेज सोका युनिभरसिटीमा अध्ययनको क्रममा अझैं मेहनत, लगनशील भएर सफलता हासिल गर्नेमा विश्वस्त रहेको बताए ।

गण्डकी बोर्डिङ स्कुलमा नयाँ शैक्षिक सत्रका लागि यसपालि पनि कक्षा ४ का लागि विद्यार्थी छनोट गरिसकेको छ । प्राचार्य खड्काले स्थानीयसहित गरेर २७ विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रबृत्ति प्रदान गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया