कमलपोखरीमा बुद्धिचाल तालिम
समाधान संवाददाता
२०७९ चैत २० गते ११:०९

पोखरा ।
सहकारी दिवसको अवसरमा पोखरा १३ बाँझापाटनमा रहेको कमलपोखरी बचत तथा ऋण सहकारीले बुद्धिचाल तालिम दिएको छ ।
सेयरसदस्यका ८ देखि १६ वर्षका बालबालिकालाई लक्ष्य गरी शनिबार तालिम आयोजना गरिएको हो । संस्थाका अध्यक्ष माधवप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव ईन्द्रबहादुर कुँवर, सदस्य कृष्णबहादुर क्षेत्री (कुमार), कोषाध्यक्ष रमेशकुमार झा लगायतले बोलेका थिए ।
संस्थाका व्यवस्थापक एवं राष्ट्रिय बुद्धिचाल खेलाडी रञ्जन कुँवरले सहभागीलाई प्रशिक्षण दिएका थिए । आइतबार कार्यालयवरपर सरसफाइसमेत गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया