एलजीको नयाँ वर्ष अफर

पोखरा ।
नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । नयाँ अभियान शुभकामना नयाँ बर्षको सम्बन्ध जीवनभरको नामको अभियानमा एलजीका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक र उपहार पाइनेछ ।
एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सको खरिदमा ३५ प्रतिशतसम्म क्यासब्याक र उपहार दिने जनाएको हो । एलजी ओलेड टिभी, एलजी युएचडी टिभी, वाइरलेस स्पीकर, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकले यो अफर पाउन सक्ने छन् ।
ग्राहकले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओभन वा एयर फ्रायर, एलजी डबल डोर रेफ्रिजेरेटरको खरिदमा मिक्सर वा गिफ्ट सेट, एलजी डबल डोर (३६० लिटर सम्म) रेफ्रिजेरेटरको खरिदमा फ्यान, ह्यान्ड ब्लेन्डर वा कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन (१० केजी र माथि) को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वासिङ मेसिन (९ केजीसम्म) को खरिदमा डिटरजेन्ट पाउडर, एलजी टप लोड/टिव्न टब वासिङ मेसिनको खरिदमा केटल वा नन स्टीकी फ्राइ प्यान, एलजी डिस वासरको खरिदमा डिसवासर किट र एलजी एयर प्युरिफायरको खरिदमा एयर फ्रायर प्राप्त गर्न सक्ने छन् ।
एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट सित्तैमा पाउन सक्ने छन् । एलजी सिंगल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा पनि आकर्षक क्यास ब्याक प्राप्त गर्ने छन् ।
एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डिङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकले क्रमशः ४ हजार र ५ हजारको निशुल्क स्थापना सेवा पाउनेछन् । यो योजना देशभर चैत १२ गतेदेखि सीमित अवधिका लागि लागु भएको छ ।
तपाईको प्रतिक्रिया