चितवन–२ मा रवि लामिछानेले गरे उम्मेदवारी दर्ता

समाधान संवाददाता २०७९ चैत २० गते ११:२१

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । चितवन निर्वाचन क्षेत्रनम्बर २ को उपनिर्वाचनका लागि लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

Advertisement

कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ ।

मंसिर ४ गते भएको निर्वाचनमा लामिछाने भारी मतान्तरले निर्वाचित भएका थिए तर नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि उनी पदमुक्त भएका थिए । लामिछाने पदमुक्त भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको मतदान २०८० वैशाख १० गते हुनेछ ।

तपाईको प्रतिक्रिया