हिमाल सफाइमा युनिलिभरको साथ

समाधान संवाददाता २०७९ चैत २० गते ११:४१

पोखरा ।
‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिवद्धता अनुरुप हिमाल सरसफाइ अभियानमा युनिलिभरले सेनाको अभियानमा सहकार्य गरेको छ । हिमालका फोहोर हटाएर स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग तेस्रो सहकार्य गरिएको युनिलिभरले जनाएको छ ।

Advertisement

यस वर्षको अभियान अन्तर्गत नेपाली सेनाले सगरमाथा, लोत्से, अन्नपूर्ण, बरुणत्से हिमाल सफाइ गर्दै ३५ टन फोहर संकलन गर्ने लक्ष्य राखेको छ । यहीं अभियानलाई साथ दिँदै युनिलिभरले भनेको छ, ‘फोहोरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीको दृष्टिकोण कम्पनीको रणनीतिक केन्द्रमा रहँदै आएको छ ।

फोहोरमैला व्यवस्थापनमा लापरवाहीले हिमालहरूको सौन्दर्यलाई तहसनहस पार्नुका साथै हाम्रो विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ ।’

युनिलिभरका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले हिमाल सफाइ सहकार्यमार्फत यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखिएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया