सामुदायिक सेवा केन्द्र वगरको वार्षिकोत्सव

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १ वगरले आइतबार २० औं वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा भर्खरै आएको सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्लाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।
कार्यक्रममा पोखरा १ का वडाध्यक्ष साहारा प्रधानले सामुदायिक प्रहरी सेवाले गरेका हरेक कार्यक्र उत्कृष्ट रहेको बताए । वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले सामुदायिकले गर्ने हरेक कार्यक्रम आफ्नो कार्यालयको तर्फबाट सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठले उतारचढावका बीच संस्था यो स्थानमा आएको बताउँदै आगामी दिनमा पनि संस्थाले उल्लेखनीय कार्यक्रम गर्नुपर्ने जनाए । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा वगरकी पूर्व अध्यक्ष जीवन अधिकारीले समाजमा हुने विकृति, विसंगति रोक्नका लागि संस्थाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताइन् ।
संस्थाका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रामभूषण पराजुली र सचिव शिवराज अधिकारीले पनि बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया