गोविन्द भट्टराईले गरे उम्मेदवारी दर्ता
समाधान संवाददाता
२०७९ चैत २० गते १४:२८

पोखरा ।
नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।भट्टराईले मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।
गत मंसिरमा भएको निर्वाचन निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र रिक्त छ । उपनिर्वाचन बैशाख १० गतेका लागि तोकिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया