तनहुँ १ मा रास्वपाबाट वाग्लेले दर्ता गराए उम्मेदवारी

समाधान संवाददाता २०७९ चैत २० गते १५:३३

पोखरा ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएका छन् । वाग्लेले मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा। रुपक घिमिरे छन् ।

Advertisement

नेकपा एमालेबाट सर्वेन्द्र खनाल,नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेपाल मजदुर किसान पार्टीतर्फ रामप्रसाज प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पूर्णबहादुर रानाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।

गत मंसिर ४ मा भएको निर्वाचनमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र रिक्त छ । २०८० बैशाख १० गतेका लागि उपनिर्वाचन तोकिएको छ ।

तपाईको प्रतिक्रिया