विवेकशील साझा पार्टीले तनहुँमा रास्वपालाई समर्थन गर्ने

पोखरा ।
विवेकशील साझा पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ ।
संघिय निर्वाचन बाट निर्वाचित रामचन्द्र पौडेल, नेपालको राष्ट्रपति भएपछि रिक्त रहेको उक्त क्षेत्रमा १० बैशाखमा उपनिर्वाचन हुँदै छ । विवेकशिल साझा पार्टीले आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले आर्थिक क्षेत्रमा अन्तराष्ट्रिय रुपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा आवश्यकता पर्ने महशुस गर्दै विवेकशिल साझा पार्टी, तनहुले राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थन गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।
विवेकशीलका तनहुँका संयोजक नगेन्द्र शर्मा ढुंगाना डा. पार्टी सभापति स्वर्णिम वाग्लेलाई पत्र दिँदै समर्थन गर्ने बताएका हुन्।
वाग्ले लाई घण्टी चिन्हमा मतदान गरि विजयी गराउनका लागी सम्पुर्ण पार्टीका सदस्य, शुभचिन्तक तथा मतदाताहरुलाई हार्दिक अपिल गर्ने ढुंगानाले बताए । ढुंगनालाई सभापति लामिछानेले धन्यवाद दिँदै आगमी दिनमा थप सहकार्य गर्दै जाने बताए









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया