तनहुँमा ९ दलले गरे उम्मेदवारी दर्ता

पोखरा ।
तनहुँ क्षेत्र नम्बर १को उपनिर्वाचन, २०७९ का लागि उम्मेदवारहरुको मनोनयनपत्र दर्ता हुने दिन सोमबार जिल्ला समन्वय समितिको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहानैदेखि चहलपहल सुरु भएको छ । मनोनयन दर्ता १० बजेपछि मात्रै सुरु भएको हो । अहिलेसम्म ९ दलको उम्मेदवार परेको छ ।
नेपाल मञ्दुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, एमालेबाट सर्वेन्द्र खनाल, मंगोल नेशनल अर्गनाइजेसन प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादी गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी शोभा गुरुङ, नेपाली कांग्रेस गोविन्द्र भट्टराई, नागरिक उन्मुक्ति पार्टीबाट भिमबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवार दर्ता गरेका मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
उम्मेदवारी दर्ता गर्न आउनेहरुले कागजपत्र र विवरणहरु पेस गर्छन् । कर्मचारीले रुजु गर्दै कम्प्युटरमा इन्ट्री गर्ने छन् । त्यसपछि निस्सा दिन्छन् । मनोनयन दर्ताका लागि सोमबार ५ बजेसम्म समय छुट्याएको छ ।







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया