मादल बजाउन सिकाइयो

समाधान संवाददाता २०७९ चैत २१ गते ११:१५

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १४ को आयोजनामा १५ दिने मादल बजाउने तालिम सोमबारदेखि सुरु भएको छ । पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले महिला पनि पुरुषले जस्तै श्रममा सहभागी हुनुपर्ने बताए ।

Advertisement

‘समाजमा मादल बजाउन पुरुषले मात्रै सक्छन् भन्ने धारणा अझै व्याप्त छ,’ कार्कीले भने, ‘पुरुषमात्रै होइन, महिलाले पनि मादल बजाउन सक्छन् भन्ने पुष्टि गर्न वडा स्तरबाट यो तालिमको आयोजना गरिएको हो ।’ पोखरा महानगर वडा नं. १४ का सदस्य गोपाल सापकोटा तालिम संयोजक छन् ।

कार्कीले आमा समूहको माग अनुरुप मादल बजाउने तालिम सुरु गरिएको जनाए । अघिल्लो साताको उद्घोषण, महिला सशक्तीकरण तथा कानुनी सचेतना कार्यक्रम सफलता भएका थिए ।

तालिममा पोखरा १४ का १७ आमा समूहका प्रतिनिधिले भाग लिएका छन् । कार्यक्रममा वडा सदस्य कृष्ण हरि काफ्ले, गोपालप्रसाद सापकोटा, तनुजा थापा सिके, दिलमाया गुरुङ, वडा सचिव रामचन्द्र पौडेले लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया