काठमाडौं-पोखरा हवाई भाडा १५५ रुपैयाँले घट्यो

पोखरा ।
काठमाडौं–पोखरा हवाई भाडा १ सय ५५ घटेको छ । घटेको आन्तरिक हवाई भाडा आज बुधवारदेखि लागू भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो । वायु सेवा सञ्चालक संघले चैत २२ गते बुधबारदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।
काठमाडौं-भद्रपुर तीन सय, विराटनगरका लागि दुई सय ४०, जनकपुरका लागि एक सय ३०, भरतपुरका लागि एक सय १०, भैरहवाका लागि दुई सय पाँच, नेपालगञ्जका लागि एक सय ८५ र सुर्खेतका लागि तीन सय ४५ रुपैयाँ हवाई भाडा घटेको छ ।
निगमले गएकाे सोमवार हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले घटाएकाे थियो ।
काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै द्सधय ४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि सात हजार पाँच सय १० रुपैयाँ तिर्नुपर्थ्याे । अब ७ हजार ७० रुपैयाँ भाडा कायम गरिएको छ । पर्वतीय उडान अर्थात् ‘माउन्टेन फ्लाइट’ को भाडा तीन सय ४५ ले घटेर अधिकतम भाडा पाँच हजार चार सय ९० रुपैयाँ कायम भएको छ ।
तपाईको प्रतिक्रिया