मदरल्यान्डका सम्राटलाई हार्वर्डको छात्रवृत्ति

समाधान संवाददाता २०७९ चैत २२ गते १३:००

पोखरा ।

Advertisement

पोखराको मदरल्यान्ड माविबाट भर्खर १२ पास गरेका सम्राट ढुंगानाले अमेरिकाको विश्वकै चर्चित हार्वर्ड विश्वविद्यालयबाट स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएका छन् । अध्ययन अवधि सन् २०२७ सम्मको चार वर्से स्नातक तहको उक्त छात्रवृत्ति करिब ५ करोड रहेको छ ।


ढुंगानाले विषय पछि छान्न मिल्ने मदरल्यान्डका सञ्चार प्रमुख होमनाथ भट्टराईले बताए । सो विश्वविद्यालयमा अध्ययनका लागि यस वर्ष विश्वभरिबाट ५६ हजार ९ सय ३७ विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये १ हजार ९ सय ४२ ले मात्र भर्ना हुने अवसर पाएका छन् ।


यो आवेदकको ३.४१ प्रतिशतमात्र हो । प्रख्यात विश्वविद्यालयमा स्नातक अध्ययनको अवसर पाएकोमा सम्राटले खुसी व्यक्त गरे । कक्षा ४ देखि मदरल्यान्डमा अध्ययन गरेका उनी अत्यन्त मिलनसार अब्बल रहेको विद्यालयले जनाएको छ ।


सम्राट १० जोड २ को विज्ञान समूहबाट २०७९ को कक्षा १२ को बोर्ड परीक्षामा ३.८८ जिपिएका साथ गण्डकी प्रदेशमा नै सर्वोत्कृष्ट बनेका थिए । मदरल्यान्डबाट कक्षा १२ पूरा गरेका विद्यार्थीमध्ये यसै वर्ष कुसुम सुवेदी, ग्लिम्स पाण्डे, प्रकृति थापा, अस्मिता भण्डारी, निशान्त चौधरी, अनिष भण्डारी, आलोक पौडेल, सन्देश पोख्रेल र प्रशान्त गुरुङले अमेरिका तथा विश्वका ख्याति प्राप्त कलेजबाट विभिन्न संकायमा स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेको विद्यालयका १० जोड २ इन्चार्ज नारायण आचार्यले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया