नेविसंघ कास्कीका सभापति नसिब गुरुङ हुन्ः सभापति बराल

समाधान संवाददाता २०७९ चैत २२ गते १६:४४

पोखरा ।
नेपाल विद्यार्थी संघ कास्कीको सभापति नसिब गुरुङ भएको खुलेको छ । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बुधबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ कास्कीका सभापति नसिब गुरुङ भएको जानकारी दिएका हुन् ।

Advertisement

‘समाजिक सञ्जालमा आएको समाचारप्रति नेपाली कांग्रेस कास्कीको गम्भीर ध्यानकर्षण भएको छ । नेपाल विद्यार्थी संघको केन्द्रिय कार्य समितिको माघ १६ को पत्रलाई खण्डन गर्दैै कास्कीको आधिकारिक सभापति नसिब गुरुङ नेतृत्वको कार्यसमिति नै हो,’ विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया