कास्कीको घलेलमा चलचित्र पत्रकारिता कार्यशाला

पोखरा ।
कास्कीको घलेल गाउँमा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ ।
चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा २०७९ चैत २० र २१ गते दुई दिनसम्म चलेको कार्यशालामा कन्टेन्ट राइटिङ, रिभ्यु र गसिपमा आधारित रहेर प्रशिक्षण दिइएको संयोजक सुरेश सुनारले बताए ।
पोखराको विभिन्न मिडियामा आबद्ध ५० भन्दा बढी पत्रकारहरुको कार्यशालामा पत्रकार नारायण अमृत, सुरेश रानाभाट र केशवशरण लामिछानेले प्रशिक्षण दिएका हुन् ।
कार्यशालाको पहिलो दिन घलेल सामुदायिक होमस्टे र समग्र माछापुच्छ्रे गाउँपालिकाको पर्यटन क्षेत्रलाई सिनेमा मार्फत कसरी टेवा पुर्याउन सकिन्छ भन्ने विषयमा परिचर्चा कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले चलचित्र पत्रकारिता मार्फत घलेल गाउँको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा रहेको बताए ।
उनले गाउँपालिकामा भएका छायाँकनस्थललाई संरक्षण गर्दै सिनेमा छायाँकनलाई बढवा दिन सहज नीति निर्माण गर्ने तर्फ जोड गरिने उल्लेख गरे ।
गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष राम गुरुङले सम्भावना भएर पनि प्रचारको अभावले घलेल गाउँ पछाडि परेको जानकारी गराए । उनले घलेल गाउँको प्रवर्द्धनका लागि बेलाबखत यस्ता कार्यक्रमहरु भइराख्नुपर्ने धारणा राखे ।
फिल्म मार्फत विविध विषयवस्तुहरु पस्किन सक्ने हुँदा यसको महत्वपूर्ण भूमिका रहेको भनाई उनको छ । चलचित्र पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारिता क्षेत्रलाई विस्तार गर्न संघ लागि परेको बताए ।
चलचित्र पत्रकारहरुले पेसागत जिम्मेवारीलाई निर्वाह गर्नुपर्ने आवश्यकता रहेको प्रशिक्षकहरु नारायण अमृत, सुरेश रानाभाट र केशवशरण लामिछानेले उल्लेख गरे ।
कार्यशालामा नारायण अमृतले गसिपका विषयमा, सुरेश रानाभाटले रिभ्युका विषयमा र केशवशरण लामिछानेले कन्टेन्टका विषयमा प्रशिक्षण गरेका थिए ।
चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले संस्थाको स्थापनाका विषयमा जानकारी गराउँदै संघको गतिविधि निरन्तर भइरहेकोप्रति खुशी व्यक्त गरे ।
चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले पर्यटकीय गाउँ घलेल सामुदायिक होमस्टेमा कार्यशाला हुनुले त्यस ठाउँको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए ।
संघले आगामी दिनमा पोखरामा चलचित्र पत्रकारितालाई बढ्वा दिन विविध कार्यक्रम गर्दै जाने संघका सचिव सन्तोष बस्यालले बताए ।
कार्यशालामा सहभागी प्रशिक्षार्थी राजाराम पौडेल र बालकाशी गुरुङले तालिम फलदायी भएको उल्लेख गरे । २०६७ सालमा स्थापना भएको होमस्टे पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएको ठाउँ हो ।
कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ र ९ मा रहेको घलेल सामुदायिक होमस्टेलाई प्रचारको आवश्यकता रहेको घलेल सामुदायिक होमस्टेकी सचिव सुनकुमारी गुरुङले बताइन् ।
उनले घलेल गाउँमा आयोजना गरिएको कार्यशाला मार्फत उक्त ठाउँको प्रचारमा टेवा पुग्ने विश्वास लिएकी छिन् ।
नजिकैको गाउँ ल्वाङ पर्यटकीय रुपमा अगाडि बढ्दा घलेल भने जहाँको त्यहीँ रहेको धारणा उनको छ ।
घलेलमा ९ घरमा मात्रै होमस्टे संचालन गरिएको छ ।
घलेल सामुदायिक होमस्टेले सहभागीहरुलाई पञ्चेबाजासहित स्वागत गरेको थियो । कार्यशालालाई सम्पन्न गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, माछापुच्छ्रे गाउँपालिका, पोखरा प्रज्ञा प्रतिष्ठान, परिचय एड्भटाइजिङ र होटल पुस्कर लगायतले सहयोग गरेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया