जेलबाट छुटेको डेढ महिनापछि अभिनेता पल शाह मुस्ताङमा

समाधान संवाददाता २०७९ चैत २३ गते १७:२६

जोमसोम–बाल यौन दुरुपयोगको मुद्धामा एक वर्षसम्म जेल सजाय कटाएर हिरासत मुक्त भएका अभिनेता पल शाह अर्थात (पूर्ण विक्रम शाह) हिमाली जिल्ला मुस्ताङ आएका छन् । बाल यौन दुरुपयोग मुद्धामा सफाई पाएपछि उनी डेढ महिना अघि जेल मुक्त भएका थिए ।


दर्जनौ म्यूजिक भिडियो र ठुलो पर्दाको चलचित्रहरुमा निकै राम्रो सफलता प्राप्त गरी आफुलाई अब्बल सावित गरेका अभिनेता शाह नेपाली चलचित्रकर्मी र दर्शकहरुमा माँझ लोकप्रिय छन् ।


तनहु कारागारको एक वर्षीय जेल जिवन बिताएर हिरासत मुक्त भएका अभिनेता शाह केही समयको बिश्रामपछि मुस्ताङबाट आफ्नो पहिलो म्युजिक भिडियो सुरुआत गर्दैछन् ।अभिनेता शाह केन्द्र मोसन पिक्चर्स प्रा.लि.ले निर्माण गर्न लागेको ‘ आँशु बनी नखस कहिले नी¬’ बोलको म्युजिक भिडियोको छायांकनका लागि सोमबार मुस्ताङ आएका हुन् ।
बिहिबार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीमा म्यूजिक भिडियोको छायांकनमा व्यस्त थिए ।

Advertisement

छोटो कपाल, कालो चश्मा ,कानमा मुन्द्रा,दुबै हातको नाडीमा ३ थरीको बाला शाहको गेटअफ थियो । जीउको माथिल्लो भागमा पातलो टिसर्ट ,टिसर्ट माथि हाफ सर्ट त्यसमाथि फुल सर्ट । जीउँको तल्लो भागमा कलेजी पाईन्टको पहिरनमा शाह म्युजिक भिडियोको गीतमा अभिनय गर्दै हुन्थे ।


मुस्ताङमा दर्जनौं म्युजिक भिडियो र नेपाली चलचित्र छायांकन भईसकेका छन् । यद्यपी शाह अभिनित यसप्रकारको म्युजिक भिडियो छायांकन विशेष र खास थियो । नेपाली सिने क्षेत्रको उदायीमान कलाकार अभिनेता शाहको अभिनय रहेकाले पनि यो म्युजिक भिडियोको छायांकन महत्वपूर्ण रह्यो ।

Advertisement


यसअघि जेल जिवन र कोभिड अघि बिरबिक्रम चलचित्रको छायांकनका लागि अभिनेता पल शाह मुस्ताङ आएको बताए । लामोसमयको अन्तराल र जेलमुक्त भएपछि पहिलो म्यूजिक भिडियोको काम मुस्ताङबाटै सुरु गर्ने अवसर पाउँदा आफु गौरान्वित भएको उनले बताए । अभिनेता शाहले मुस्ताङ जस्तो धार्मिक तथा पर्यटकीय जिल्लामा आएर काम गर्न पाउँदा खुसी लागेको उल्लेख गरे ।

‘ पर्यटन प्रर्वद्धनका लागि म्यूजिक भिडियो पनि महत्वपूर्ण माध्यम हो, यसले यहाँको कलासंस्कृति भुगोल र यहाँको रमणीय स्थलको परिचय दिने सन्देश दिन्छ,’ शाहले भने ।


ऋषि खड्काको शब्द रचन रहेको ‘ आँशु बनी नखस कहिले नी बोलको गीतमा स्वंम खड्का र अनुचौधरीको आवाज रहेको छ ।म्यूजिक भिडियोको नृत्य निर्देशन सान थापाले गरेका छन् भने अभिनयमा पल शाहसंगै शनिसा भट्टराईको रहेको निर्माण नियन्त्रक मनोज जोशीले जानकारी दिए ।


मुस्ताङमा पल शाह अभिनित म्यूजिक भिडियोको छायांकन कागबेनी र जोमसोममा हुने छ । म्यूजिक भिडियोको छायांकन अवधि ३ दिनको रहेको निर्माण नियन्त्रक जोशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया