बलियो नेपाल कपः कर्णाली एकेडेमी सेमीफाइनलमा प्रवेश

पोखरा ।
पोखरामा जारी तेस्राे संस्करणकाे बलियो नेपाल कप यु–१९ क्रिकेट प्रतियोगितामा कर्णाली एकेडेमी सेमीफाइनलमा प्रवेश गरेको छ । समूह चरणको दुवै खेलमा विजयी हुँदै समूह ए बाट कर्णाली एकेडेमी प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो ।
बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा जारी प्रतियोगितामा बिहीबार इलाम क्रिकेट एकेडेमी फर युथलाई ३२ रनले पराजित गरेको हो । १ सय २३ रनको लक्ष्य पछ्याएको इलामले ६ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । इलामका लागि दीपुकुमार थापाले सर्वाधिक ३५ रनको योगदान दिए । अलिश मण्डल २० र सन्दीप पौडेलले १६ रन बनाए । बलिङतर्फ कर्णालीका आदित्य शाहले सर्वाधिक ४ विकेट लिए । लक्की बम र विपिनप्रसाद शर्माले समान १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । कर्णालीका लागि विराट भण्डारीले सर्वाधिक ६२ रन बनाए । प्रतियोगितामा उनी प्लेयर अफ दी म्याच घोषित भए । मनिष थापाले ३५ र आदित्य शाहले ९ रनको योगदान दिए । बलिङतर्फ इलाम एकेडेमीका सुयोग भट्टराई, दीपुकुमार झुजेल र अलिश मण्डलले समान १ विकेट लिए । यसअघि पहिलो खेलमा कर्णालीले पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंलाई १० रनले पराजित गरेको थियो । समूह ए अन्तर्गत शुक्रबार हुने इलाम एकेडेमी र पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंबिचको खेलले सेमीफाइनल जाने टिमको टुंगो लाग्नेछ ।
यसअघि बिहीबारनै भएको दोस्रो खेलमा स्टार क्रिकेट एकेडेमीले पोखरा क्रिकेट एकेडेमीलाई २५ रनले पराजित गरेको छ । ९२ रनको लक्ष्य पछ्याएको पोखरा क्रिकेट एकेडेमीले १९ ओभर ४ बलमा ६६ रनमा समेटियो । पोखराका लागि कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ स्टारका अमर मिश्रले सर्वाधिक ३ विकेट लिए । उनी प्लेयर अफ दि म्याच घोषित भए । सन्तोष यादव र महेश भारले समान २ विकेट लिए ।
त्यसअघि पहिलो ब्याटिङ गरेको स्टार क्रिकेट एकेडेमिले ९१ रन बनाएको थियो । स्टारका लागि विशाल भुषालले १८ रनको योगदान दिए । सुमित पराजुलीले १६ र महेश भारले ११ रन बनाए । बलिङतर्फ पोखराका प्रदीप अर्यालले ३ विकेट लिए । नीतेश गिरी र शिविन श्रेष्ठले समान २ विकेट हात पारे ।
समूह बि अन्तर्गत शुक्रबार हुने स्टार एकेडेमी र जनकपुर क्रिकेट एकेडेमीबिचको खेलले सेमीफाइनल खेल्ने टिमको टुंगो लाग्नेछ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया