बढ्न थाले कोरोना संक्रमित

लेखनाथ ।
पोखरा ३० मा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो एक सातामा मात्रै अस्पतालमा १९ जनाको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले संक्रमितमध्ये ३ जना महिला र ३ पुरुष रहेको जानकारी दिए । नेपालमा अहिले संक्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट मुख्य कारक हुन सक्ने निर्देशक गौचनले अनुमान गरे ।
यद्यपि अस्पतालमा संक्रमण पुष्टि भएकाहरुको हकमा भने जिन सिक्वेन्सिङ रिपोर्टको आधारमा मात्र भेरियन्ट थाहा हुने उनले खुलाए ।
संक्रमितको संख्या बढ्न थालेसँगै अस्पतालबाट कोरोना विरुद्धको खोप लगाउनेको संख्यामा पनि वृद्धि भएको छ । नियमित खोप कार्यक्रममार्फत पछिल्लो १ साता दैनिक औसत ४० जनाले कारोना विरुद्धको खोप लगाउने गरेको अस्पतालका सूचना अधिकारी केदार लामिछानेले जानकारी दिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया