६ महिनाभित्र प्रदेश प्रहरी समायोजन

समाधान संवाददाता २०७९ चैत २४ गते ११:००

पोखरा ।
सरकारले ६ महिनाभित्र प्रदेश प्रहरी समायोजन गर्ने भएको छ । बिहीबार सार्वजनिक भएको १० दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले पूर्णता पाएको ६ महिनाभित्र प्रदेश प्रहरी समायोजनको काम पूरा गर्ने उल्लेख गरेका छन् ।

Advertisement

संघीयता लागू भएको दशक बित्न लाग्दा पनि प्रदेश प्रहरी समायोजन हुन नसकेकोमा प्रदेशहरूले संघीय सरकारले अधिकारलाई केन्द्रीकरण गर्न चाहेको आरोप लगाउँदै आएका छन् । प्रधानमन्त्री दाहालले प्रदेश सरकारहरूसँगको समन्वयमा प्रदेश प्रहरी समायोजनको काम सरकारले पूर्णता पाएको ६ महिनामा सम्पन्न गरिसक्ने बताएका हुन् ।

सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि संघीय संसद्ले पारित गरेका संकल्प प्रस्तावहरूको कार्यान्वयन गर्ने नीति लिएको छ । सरकारले बोझिलो केन्द्रिकृत संरचनालाई रूपान्तरण गर्न र संघीय संरचनालाई चुस्त, दुरुस्त र मितव्ययी बनाउन अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक पुर्नसंरचना आयोग बनाउने भएको छ ।

प्रदेश तथा स्थानीय तहका लागि आवश्यक कर्मचारी संविधानबमोजिम व्यवस्थापनका लागि सहजीकरण गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्थासहितको निर्वाचन ऐन तर्जुमा गर्ने प्रतिबद्धता पनि सत्ता गठबन्धन दलको छ ।

प्रदेश तथा स्थानीय तहका लागि आवश्यक कर्मचारी संविधानबमोजिम व्यवस्थापनका लागि सहजीकरण गर्ने उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया