उपनिर्वाचनको आचारसंहिता आजदेखि

समाधान संवाददाता २०७९ चैत २४ गते ११:१५

तनहुँ ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगले चैत २४ गते शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागु गर्ने निर्णय गरेको हो ।

Advertisement

प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर आचारसंहिता लागु हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया