इलेक्ट्रोनिक्स व्यवसायीलाई मेडिप्लसमा छुट

पोखरा ।
पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघका सदस्यले मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टरमा छुट पाउने भएका छन् । संघका सदस्यले अस्पतालका उपचार सेवामा २५ प्रतिशतसम्म छुट पाउने छन् ।
संघका सदस्यलाई व्यवसायिक एकतासँग स्वास्थोपचारमा सहज होस् भनी अस्पतालसँग सहकार्य गरिएको संघका अध्यक्ष नारायण सुवेदीले बताए । सोही कार्यक्रममा संघले प्रकाशन गरेको नयाँ वर्ष २०८० को भित्तेपात्रोसमेत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष नारायण पौडेलले व्यवसायीबीचको एकता, सहकार्य र स्वच्छ प्रतिश्पर्धाले नै संघ अघि बढ्ने बताए । उनले इलेक्ट्रोनिक्स व्यवसायीका समस्या समाधानका लागि संघको कार्यसमितिसहित साधारण सदस्यको समेत उत्तिकै भूमिका रहने बताए ।
कार्यक्रममा मेडिप्लस अस्पतालका प्रबन्ध निर्देशक डा दीपक सुवेदी, संघको प्रदेश समिति सल्लाहकार जनपुकार मुनकंमी, सल्लाहकार किरण ढकाल, संघका उपाध्यक्ष पोषबहादुर भुजेल, महासचिव चिन्तामणि खरेल लगायतले बोलेका थिए ।
समारोहका सहभागीले नयाँ वर्षको शुभकामना आदानप्रदानसमेत गरेका थिए ।
तपाईको प्रतिक्रिया