कमलको नेतृत्वमा महानगर वन महासंघ

समाधान संवाददाता २०७९ चैत २४ गते १२:२०

पोखरा ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल पोखरा महानगरको बिहीबार भएको दोस्रो अधिवेशनले कमलकुमार भुजेलको अध्यक्षमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

Advertisement

अधिवेशनले उपाध्यक्षमा भरत आचार्य, सचिव सीता सापकोटा र कोषाध्यक्षमा जमुना सुवेदीलाई निर्वाचित गरेको छ । सदस्यमा नारायणी चापागाई, टंकप्रसाद सुवेदी, भोलानाथ त्रिपाठी, घनश्याम कुँवर, ममता कोइराला, ज्योति पौडेल, चिनादेवी लामिछाने, विष्णु सुवेदी, भीमबहादुर गुरुङ, गंगादेवी भण्डारी, हरिमाया गिरी, मनु बस्नेत र सनतकुमार बराल छन् ।

हरिप्रसाद बास्तोला, दिनेश श्रेष्ठ, जितबहादुर बस्नेत, रामचन्द्र त्रिपाठी, सुनमाया नेपाली, शिवकुमारी खनाल पौडेल, पार्वती सुवेदी र चिनादेवी लामिछानेलाई प्रदेश प्रतिनिधि चयन गरेको अधिवेशनले मेघनाथ पराजुली, रमेश विश्वकर्मा, कमलमणि त्रिपाठी, विश्वनाथ लामिछाने, पार्वती सुवेदी, शोभा आचार्य र मिरा अधिकारीलाई जिल्ला प्रतिनिधिमा निर्वाचित गरेको छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले महिला वर्गको नेतृत्व विकासमा वन महासंघ कोशेढुङ्गा सावित भएको उल्लेख गरिन् । अर्का केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख हरि बास्तोलाले ५ दशकअघि स्विडेनको स्टकहोममा भएको विश्व वातावरण सम्मेलनले नेपालमा उच्च वन विनास भएको कारण मरुभूमी हुने निश्कर्ष सहितको प्रतिवेदनले सामुदायिक वनको प्रक्रिया थालनी भएको चर्चा गरे ।

सरकार र कर्मचारीबाट वनको विनाश नरोकिने अवस्था सिर्जना भएसँगै सम्बन्धित स्थानीय समुदायलाई हस्तान्तरण गर्ने अवधारणा अनुसार वनको संरक्षण भई हराभरा भएको बताउँदै उनले छोराछोरी जस्ता संरक्षण गरेको वनबाट हरित रोजगार सृजना गर्नुको विकल्प नभएको जनाए । मुलुकमा हाल २२ हजार ४ सय ३३ सामुदायिक वन समूहका ३० लाख घर परिवारले २२ लाख ३७ हजार ६७० हेक्टर क्षेत्रफलमा वन व्यवस्थापन गर्दै आएका छन् ।

Advertisement

सामुदायिक वन उपभोक्ता महासंघ समावेशी सहभागिताको अवधारणाले समाजका विपन्न, उत्पीडितको उत्थानमा महत्वपूर्ण भूमिका पुगेको महासंघका केन्द्रीय सदस्य सुनमाया नेपाली बताउँछिन् । महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले वनलाई उत्पादनसँग जोडनुपर्नेमा जोड दिए । उनले मानव र वन्यजन्तुको द्वन्द्व अन्त्यका लागि तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए ।

वन समूहको विधान र कार्ययोजनाका आधारमा वन पैदावार निकाशी गर्नुपर्ने बताउँदै उनले दिगो वन व्यवस्थापनबाट मात्र वन क्षेत्रको संरक्षण, प्रद्र्धन र उपयोग गर्नुपर्ने विचार राखे । महानगर महासंघका अध्यक्ष कमलमणि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष विश्वनाथ लामिछाने, महानगर सचिव कृष्णकुमारी पौडेल, सदस्य रमेश विश्वकर्मा लगायतले वनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया