सांदीपन प्रि–स्कुलमा पुरस्कार वितरण
समाधान संवाददाता
२०७९ चैत २४ गते १२:३७

पोखरा ।
पोखरा १३ सिग्देल मार्गस्थित सांदीपन प्रि–स्कुलमा बिहीबार विविध कार्यक्रमसहित पुरस्कार वितरण गरिएको छ । शैक्षिक वर्ष २०७९ मा उत्कृष्ट भएका विद्यार्थी र विभिन्न क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।
स्कुलले बालबालिकाको पढाइ, सिकाइसँगै बालबालिकाको शारीरिक तथा मानसिक विकासमा योगदान गर्ने उद्देश्य लिएको छ । स्कुलमा प्रि–नर्सरी, नर्सरी, एकेजी र युकेजीका कक्षा संचालनमा छन् । बालबालिका लक्षित विद्यालयमा २ वर्ष उमेरदेखिका विद्यार्थी छन् ।
बालबालिकाका लागि आवश्यक क्रियाकलाप गर्छाैं, बालबालिका सुहाउँदो पाठ्यक्रम छानेका छौं विद्यालयकी अध्यक्ष सपना पोखरेल सिग्देलले भनिन्, ‘हामी सबैबाट रचनात्मक सुझावका अपेक्षा गर्छाै ।’ कार्यक्रममा विद्यालयका संरक्षक नवीन सिग्देल, शिक्षिकाहरु सुष्मा सेञ्चुरी र करिश्मा रानाले बोलेकी थिइन् ।
सम्बन्धित








गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
मंसिर महिनामा १२ हजार ४४२ जनामाथि ट्राफिक कारबाही
कालाबाङ घरेडीमा फोनिजको पर्यटन अन्तरक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया