भावनालाई पोखरा २७ को सहयोग

समाधान संवाददाता २०७९ चैत २४ गते १३:०५

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २७ ले गरिब तथा जेहेन्दार छात्रा भावना गन्धर्वलाई ६५ हजार सहयोग गरेको छ । गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङ दोस्रो वर्षमा अध्यनरत सोही वडा निवासी भावनाको पठनपाठन सहज बनाउन वडाले सहयोग गरेको हो ।

Advertisement

गत वर्ष पनि वडाले भावनालाई त्यति नै रकम सहयोग गरेको थियो । वडाध्यक्ष पूर्णकुमार गुरुङले भावनालाई ६५ हजारको चेक प्रदान गरे ।

तपाईको प्रतिक्रिया