जन्मदिनमा भोजनदान

समाधान संवाददाता २०७९ चैत २४ गते १३:०८

पोखरा ।
पर्वतको फलेवास १ कार्कीनेटा घर भई हाल पोखरा १७ विरौटा बस्ने कमला श्रेष्ठले मानव सेवा आश्रम छोरेपाटनमा रहेका ७५ जनालाई एक छाक खाना खुवाएकी छन् । बुधबार आफ्नो जन्मदिन कमलाले आश्रममा मनाएकी हुन् ।

Advertisement

श्रेष्ठले फजुल खर्च कटौती गरेर थोरै रकम भए पनि सामाजिक काममा लगाउने प्रेरणा समाजमा बढाउनुपर्ने बताइन् ।

सञ्चारकर्मी पदम श्रेष्ठले जन्मदिन जस्ता महत्वपूर्ण समयमा अनावश्यक रुपमा खर्च गर्नुभन्दा सामाजिक काम गर्नु उत्तम हुने सुनाउ ।

छोरेपाटनमा रहेको आश्रममा हाल ७ कर्मचारी छन् । मासिक १ लाख भाडा तिर्दै आएको आश्रम चाडै पोखरा २५ हेमजामा लगिने अभियन्ता सम्झना बर्तौलाले बताइन् । मानव सेवा आश्रम छोरेपाटनमा हाल ७५ जना आश्रित छन् ।

Advertisement

तपाईको प्रतिक्रिया