एसइई दिनेलाई नेपाल टेलिकमकाे अफर

पोखरा ।
नेपाल टेलिकमले एसइई दिने विद्यार्थीका लागि एसइई २०७९ अफर उपलब्ध गराउने भएको छ । कम्पनीले एसइई परीक्षा दिएका विद्यार्थीलाई सित्तैमा सिम उपलब्ध गराउनेछ ।
सित्तैमा दिइने सिममा रिचार्ज गर्दा बोनस पनि उपलब्ध हुनेछ । शुक्रबार उपलब्ध हुने यो अफर ३ महिनासम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । बोनस अन रिचार्ज सेवा ६ महिनासम्म उपलब्ध हुनेछ । नेपाल टेलिकमका देशैभरका कार्यालयबाट यो सेवा उपलब्ध हुनेछ ।
सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफर उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफर उपयोग गर्न सक्ने व्यवस्थासमेत गरेको छ । नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिम कार्डमा मेन ब्यालेन्स १० रुपैयाँ पाउनेछन् ।
१ महिनासम्म ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा र ३० अन नेट एसएमएस सुविधा सिममा हुने । यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिनेछ ।
नयाँ सिम लिन विद्यार्थीले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, १ प्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने छ ।









गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
मंसिर महिनामा १२ हजार ४४२ जनामाथि ट्राफिक कारबाही
कालाबाङ घरेडीमा फोनिजको पर्यटन अन्तरक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया