पत्रकार महासंघ कास्कीले ४ पत्रकारसहित एक संस्थालाई सम्मान गर्ने

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा क्रियाशील ४ जना पत्रकारसहित १ संस्थालाई सम्मान गर्ने निर्णय गरेको छ ।
महासंघको शुक्रबार सम्पन्न बैठकले पत्रकारितामार्फत समाज, राष्ट्र, लोकतन्त्र र महासंघको संस्थागत विकासमा योगदान पुर्याउने पत्रकार र संस्थालाई सम्मान गर्ने निर्णय गरेको महासंघका सचिव माधव बरालले जानकारी दिए ।
जसअनुसार पत्रकार महासंघद्वारा स्थापित पोखरा पत्रकारितासम्मान २०७७ बाट पत्रकार नवीन सिग्देल र संस्थागत सम्मान २०७८ बाट लक्ष्मी हाउसलाई सम्मान गर्ने निर्णय गरेको हो ।
महासंघका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक संयोजक, पत्रकारहरु श्याम कुँवर, यदुनाथ बञ्जरा सदस्य तथा महासंघका अध्यक्ष विमला भण्डारी र सचिव माधव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिले गरेको सिफारिसलाई महासंघको बैठकले अनुमोदन गरेको हो ।
पत्रकार सिग्देललाई नगद ३५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिनेछ ।
यसैगरी टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार भूपाल गुरुङलाई सम्मान गरिने भएको छ । महासंघका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ संयोजक, पत्रकार नवराज सुवेदी र राजबहादुर गुरुङ सदस्य तथा महासंघका अध्यक्ष भण्डारी र सचिव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा पत्रकार गुरुङलाई सम्मान गर्ने निर्णय भएको हो ।
पुरस्कारको राशि २० हजार १११ रुपैयाँ र सम्मानपत्र छ ।
जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०७८ बाट पत्रकार गौरव त्रिपाठी र २०७९ बाट पत्रकार दुर्गा रानालाई पुरस्कृत गरिने भएको छ ।
प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली संयोजक, पत्रकार रमेश पौडेल र दुर्गा अधिकारी सदस्य तथा महासंघका अध्यक्ष भण्डारी र सचिव बराल पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा महासंघले त्रिपाठी र रानालाई सम्मान गर्ने निर्णय गरेको हो ।
पुरस्कारको राशि नगद ११ हजार १११ रुपैयाँ र सम्मानपत्र छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया