जोमसोम विमान स्थलमा पत्रकारलाई फोटो खिच्न रोक

जोमसोम– पर्यटन प्रर्वद्धनका लागि शनिबार बिहान जोमसोम विमान स्थल पुगेका मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई फोटो खिच्न रोक लगाईएको छ ।
पत्रकार थकाली जोमसोम नागरिक उड्यन कार्यालयको मुल गेटबाट प्रवेश कार्ड लिएर रिपोटिङ गर्न जोमसोम विमान स्थल पुगेका थिए । उनलाई विमान स्थल कन्ट्रोल रुमको आदेश भन्दै डिउटीमा रहेका प्रहरी असई राजेन्द्र बहादुर थापाले फोटो खिच्न रोक लगाएका हुन् ।
थकालीले विमान स्थल मुल गेटबाट प्रवेश अनुमती कार्ड लिएर पहिलो चरणमा विमान स्थलको कन्ट्रोल रुममा गएका थिए ।उनले त्यहा भिडियो फोटोको बिषयमा कुराकानी गरेका थिए । थकाली विमान स्थलबाट क्यामेरा छुटेका कारण क्यामेरा लिन घरमा गएका थिए ।
उनी फेरी विमान स्थलको मुल गेटको अनुमती लिएर विमान स्थल भित्र छिरे । पत्रकार थकालीलले रनवेको एक कुना साईडबाट फोटो खिच्न लाग्दा डिउटीका प्रहरीले फोटो खिच्न रोक लगाएको हो ।
पत्रकार थकालीले पर्यटन प्रर्वद्धनका लागि मुल प्रवेश गेटबाट अनुमती लिएर रिपोर्टिङ गर्न गएको भएपनि आफुलाई फोटो खिच्न नदिएको बताए । तर, विमान स्थलको कन्ट्रोल रुमका एक कर्मचारीले भने विमान स्थल रनवेलाई डिस्टप नहुने गरी पहिलो घेराबाट फोटो खिच्न पाईने बताए ।
पत्रकार थकालीले रिपोर्टिङका लागि मुल प्रवेश द्धारबाट पास लिएर भित्र छिरेपछि फोटो खिच्न पाउनु पर्ने बताए । थकाली पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष एवं समाधान दैनिकका जिल्ला स्थित सम्वाददाता हुन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया