अनेरास्ववियु मादी गाउँपालकाको नयाँ वर्षको भित्रेपात्रो विमोचन

पोखरा ।
अनेरास्ववियु मादी गाउँपालिले नयाँ वर्ष २०८० सालको भित्रेपातो विमोचन गरको छ । शनिबार एमाले कास्की जिल्ला कमिटी कास्की सचिव बैनबहादुर क्षेत्रीले भित्रेपात्रो विमोचन गरेका हुन् ।
पोखरा १२ स्थिति जनकल्याण तमु समाज घरमा विमोचन कार्यक्रम सम्पन्न भएको कमिटीका मादी अध्यक्ष रबि क्षेत्रीले बताए । कार्यक्रममा प्रदेश कमिटी सदस्य पुण्य पौडेल, अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य बिजय पौडेल, अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य अनिता पौडेल, अनेरास्ववियु जिल्ला कमिटी सयोजक सन्तोष पोखरेलले कार्यक्रममा बोलेका थिए ।
विद्यार्थीहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने तिथि मिति हेर्न सहज हुन उद्देश्यले क्यालेन्डर विमोचन लागेको अध्यक्ष क्षेत्रीले सुनाए । ‘दैनिक जीवमा विद्यार्थीहरु अध्यान अध्यापनमा सहज हुने र आफूले आस्था राख्ने विद्यार्थी समुहको क्यालेन्डरहुँदा अझ रमाइलो हुने उद्देश्ले विमोचन गर्न लागिएको हो,’ अध्यक्ष रविले भने ।
क्यालेडरले मादी गाउँपालिकामा मनाइने चार्डपर्व, प्राकृति स्रोत र धर्म संस्कृतिलाई जोडेर क्यालेन्डर तयार पारिएको उनको भनाइ छ । क्यालेण्डरमा पर्यटकीय गन्तव्यहरुलाई पनि समावेश गरिएको रविले सुनाए । ‘क्यालेन्डरले पर्यटकीय क्षेत्रको प्रमोट गर्ने र समग्र पालिका बासीलाई सहयोग पुग्ने अपेक्षा राखेका छौं,’ रविले भने ।
तपाईको प्रतिक्रिया