पोखरामा नयाँ बर्षमा फेसन सो हुने

समाधान संवाददाता २०७९ चैत २६ गते १२:२८

पोखरा ।
नयाँ बर्षको असर पारेर पोखरामा हुने फेसन डिजाइनर कन्टेष्ट तथा फेसन सो कार्यक्रमको तयारी पुरा भएको छ। वाऊ इभेन्ट्सको आयोजना र वाऊ फेसन स्कुलको समन्वयमा सो हुन लागेको हो । लेकसाइड स्थित त्रिपुरा लाउन्ज एण्ड बारमा चैत ३० गते हुने कार्यक्रमको तयारी पुरा भएको संयोजक रबिन गुरुङले जानकारी दिए ।

कार्यक्रममा कलाकार अनुपविक्रम शाही, आना शर्मा र फेसन कोरियोग्राफर जयन सुब्बा मानन्धर सहभागी हुने स्कुलकी सञ्चालक तारा गुरुङले बताइन् ।

फेसन प्रति लगाव हुनेहरुको प्रतिभा प्रष्फुटन गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको उनले बताइन् । आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग पुग्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको गुरुङको भनाइ छ । १० जना महिलालाई निशुल्क फेसन डिजाइन अध्यन गराउने योजना रहेको गुरुङले जानकारी दिइन् ।

Advertisement

कार्यक्रममा काठमाडौं, पोखरा, धरान, इटहरी, बाग्लुङ लगायतबाट ९० जना डिजाइनरबीच प्रधिस्पर्धा हुनेछ । कार्यक्रममा शोको विभिन्न कन्सेप्ट अनुसार फ्ल्यास ब्याग, फ्युचर स्ट्रिक, बाइडल, स्पिरिंग, समर र एथोनिक थिममा १८ जना मोडलहरुलाई प्रस्तुत गरिने कार्यक्रमका कोरियोग्राफर जयन्ती मोक्तानले जानकारी गराइन्।

यस्ता खालका फेसन शोले मोडल एवम् डिजाइनरको विकासलाई पनि सहयोग पुग्ने र भोलीका दिनमा उनीहरुलाई अगाडी बढ्न आत्मविश्वासमा सकारात्मक भुमिका खेल्ने भएकाले आफुहरुले कार्यक्रमको आयोजना गरेको मोक्तानले बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया